News Portal

अन्नपूर्ण प्रथम हिमाल (नर्थ)मा पर्यंटकीय सम्भावनाको खोजी

साथीन्यूज संवाददाता
१२४ पटक

पोखरा २१, जेठ ।
७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो ।

नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको यस क्षेत्रले (नर्थ) यथेष्ट लाभ लिन भने सकेको छैन ।

पदमार्ग प्रवद्धनमा  नेपाल पर्यटन बोर्ड र टान
नेपाल पर्यटन बोर्डको अगुवाइ र टान गण्डकीको व्यवस्थापनमा अन्नपूर्ण प्रथम हिमाल (नर्थ) पुग्ने पदमार्गको ५ दिने (१७–२१) प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष (हिरक महोत्सव)को अवसरमा पदमार्ग प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । अन्नपूर्णमा मानव पाइला पुगेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ ।

पोखराबाट मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेको सांगीतिक टोलीसहित अन्नपूर्ण डे मनाउन नेपाल आएका थिए ।

फ्रान्सेली टोलीसहित पोखराबाट पर्यटनसम्बद्ध संस्थाका नेतृत्व, संचारकर्मी र हिमाल आरोहीसहितको टोली म्याग्दीको नार्च्याङ्, गुफा फाट, भुस्केट मेला हुदैँ अन्नपूर्ण आधार शिविर (४१९०) पुगेको थियो ।

अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा पहिलोपटक अन्नपूर्ण डे मनाइएको हो ।

मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । मौरिसले अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ हार्जाेग परिवारले आधार शिविरमा हस्तान्तरण गरे । स्विजरल्याण्डमा रहेको आइस एक्स नेपालमा रहने गरि हर्जोग परिवारले हस्तान्तरण गरेको हो ।

हार्जाेगका छोरा माथियसले पञ्चकुण्ड तालको छेउमा बसेर बुवाको स्मरण गदैँ अन्नपूर्णलाई आफ्नो घर जस्तो भने । अनि आइस एक्स नेपाल पर्यटन बोर्डका प्रमुख मणि राज लामिछाने र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । सो अवसरमा केक काटेर अन्नपूर्ण डे सेलिब्रेसन गरिएको थियो ।

यस्तै आधार शिविर (४१९०) मि. अन्नपूर्ण बेसक्याम्पमा मौरिस हर्जोग र लुइस लाशनलल शालिक अनावरण गरिएको छ । उर्जा राज्यमन्त्री खमबहादुर गर्वुजा, नेपालका लागि फ्रान्सेली राजदुतले शालिकको अनावरण गरेका थिए ।

अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने पहिलो नेपाली महिला पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स नेपालमा देख्न र स्पर्स गर्न पाउदा खुशी व्यक्त गरिन् ।

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको नर्थलाई प्रवद्र्धन गर्न पदयात्रा कार्यक्रम तय गरिएको बताए । यो पदमार्गलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने उदेश्यले फ्रान्सबाट हर्जोग परिवालाई पदमार्गहुदैँ वेसक्याम्पसम्म यात्रा गराइएको र राष्ट्रिय तथा अन्तराष्ट्रिङय संचार माध्य मार्फत प्रवद्र्धनको प्रयास गरिएको जानकारी दिए ।

टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण डे नेपालको लागि ऐतिहासिक दिन रहेको बताए । आचार्यले द अन्नपूर्ण किताब मार्फत मौरिस हर्जोगले नेपालको पर्वतीय पर्यटनमा पुर्याएको योगदानको चर्चा गरे । अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण रहे पनि हर्जोगले आरोहणका लागि प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा परेकाले प्रवद्र्धनात्मक कार्यक्रम गरिएको आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्